नेपाल मगर लेखक संघ गण्डकीले मनायो २२ औं मातृभाषा दिवस

Share:

पोखरा । नेपाल मगर लेखक संघ गण्डकी प्रदेशले २२ औं मातृभाषा दिवस सम्पन्न गरेको छ । “शिक्षा र समाजमा समावेशीरणको लागि बहुभाषिक्त्व प्रबर्द्धन” भन्ने मुल नारा सहित आयोजना गरिएको कार्यक्रममा खुल्ला कविता प्रतियोगिता गरि मनाइएको हो ।

कार्यक्रममा मगर भाषा ,साहित्यमा योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान समेत गरिएको थियो । पुर्व घोषित पुरस्कार मगर आदिकवी स्व. सु रेख बहादुर सारुमगर साहित्य पुरस्कार २०७७ बाट नगर रु ७०००/- फेटा र दोसल्ला उदाएर पुर्ब मन्त्री, संविधान सभा सदस्य, वरिष्ठ साहित्यकार शिवलाल थापामगरलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । भने नव प्रतिभा तर्फ नगद रु ५०००/- सहित फेटा र सम्मान पत्र सहित रोल्पाका बेल बहादुर थापामगर सम्मानित भएको थियो ।

खुल्ला कविता प्रतियोगिता तर्फ आदिकवी भानुभक्त क्याम्पसका छात्रा रेसु रानामगर प्रथम, मगर विद्यार्थी जिल्ला समितीका उपाध्यक्ष बिनिता थापामगर दोश्रो , नेपाल मगर विद्यार्थी संघ इकाई भानुभक्त क्याम्पस समितिका प्रबिन थापामगर तेस्रो र सत्यवती मा बि का छात्रा प्रीती आलेमगरले सान्त्वना स्थान हासिल गरेका थिए । पुरस्कारहरु क्रमश नगद रु २०००/-,रु १५००/-,रु १००० र रु ५००/- प्रमाणपत्र प्राप्त गरेका थिए । पुरस्कार प्रयोजन नेपाल मगर संघ, मलेसियाले गरेको थियो भने पुरस्कार तथा सम्मानका लागि नेपाल मगर संघ ,इजिरायल शाखाका संरक्षक तारा बहादुर थापामगर बाट रु १००००/- र मगर्स किचन पोखरा बाट रु २०००/- प्रायोजन गरेका थिए ।

कार्यक्रममा बोल्दै पुर्ब मन्त्री शिवलाल थापामगरले मातृभाषालाई बचाउन औपचारिक शिक्षाको लागि राज्य संग पहल गर्नु पर्ने बताए । आफू सम्मानित भएकोमा खुसी ब्यक्त गर्दै प्राण रहुनजेल मातृभाषालाई कलमको माध्यम बाट माया गरि रहने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा नेपाल मगर लेखक संघका सचिब रुद्र सिरिसमगर, नेपाल मगर लेखक संघ केन्द्रिय सदस्य गीता थापामगर, नेपाल मगर संघ तनहुँका अध्यक्ष मनिराज थापामगर, साहित्यकार बेल बहादुर थापामगर, नेपाल मगर लेखक संघका जिल्ला अध्यक्ष बादल आलेमगर र मगर गुठका अध्यक्ष मिना थापा लगायतले बोलेका थिए ।

धिरेन्द्र किसानीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खडक आलेमगरले स्वागत मन्तव्य र सञ्चालन संस्थाका सह-सचिव दिपक सिन्जाली मगरले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: