विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड २२ लाख नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या ११ करोड २२ लाख ५४ हजार ८९८ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि २ लाख ८५ हजार ६३९ संक्रमित थपिएका हुन् ।

यस्तै, गत २४ घण्टामा ६ हजार ५१८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख ८४ हजार ८२२ पुगेको छ ।

हालसम्म विश्वभर ८ करोड ७७ लाख ७५ हजार ९७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ४ लाख ५२ हजार ६७० जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड १९ लाख ९४ हजार ९७ सक्रिय संक्रमित छन् । ती मध्ये ९३ हजार २२१ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ८८ लाख २६ हजार ३०७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ९१ लाख १४ हजार १४० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख १२ हजार ५९० पुगेको छ ।

हाल अमेरिकामा ९१ लाख ९९ हजार ५७७ सक्रिय संक्रमित छन् । ती मध्ये १६ हजार ५८२ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: