
नवलपुर । नवलपुरको कावासोतीमा विद्यालयको गेटले च्यापिएर एक छात्राको मृत्यु भएको छ ।
कावासोती नगरपालिका–५ पश्चिमा टोलस्थित कालिका माध्यामिक विद्यालयको गेट मंगलबार बिहान १०ः४५ बजे पल्टिदा सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत कावासोती नगरपालिका–५ शितलनगर निवासी १० वर्षीया गमित्रा सिंजालीको मृत्यु भएको हो ।
गेट नजिकै खेल्ने क्रममा अचानक गेट पल्टिदा च्यापिएकी गमित्राको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
गेटले च्यापिएर सोही विद्यालयमा कक्षा ४ मा अध्यानरत ९ वर्षीय किस्मत ढकाल सामान्य घाइते भएका छन् ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
