
नवलपुर । नवलपरासी पूर्वबाट शुक्रबार लागूऔषधसहित पोखराका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२७ निवासी २० वर्षीय निरज सुनार रहेका छन् ।
शुक्रबार बिहान ०९ः३५ बजे विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किबास बजार स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको प्रहरीको चेकीङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसमा सवार सुनारलाई शंका लागि चेकजाँच गर्दा लागूऔषध फेला पारेपछि नियन्त्रणमा लिइएको हो ।
सुनारको साथबाट नुर्फिम १२ एम्पुल, फेनरगन–१२ एम्पुल र डाइजापाम–१२ एम्पुल बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका सुनारमाथि थप अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
