देशभर थप ७८ जनामा कोरोना संक्रमण, १ को मृत्यु पुष्टि

Share:

पोखरा । देशभर थप ७८ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३० महिला र ४८ पुरुष गरी ७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७७४ पुगेको छ ।

हालसम्म नेपालमा २ लाख ७० हजार ४०७ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि देशभरबाट थप ८२ जना निको भएका छन् ।

अहिले देशभर ९६२ सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६८ जना छन् ।

मन्त्रालयलका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ५३२ परिक्षण भएको छ भने हालसम्म २१ लाख ६२ हजार ९३६ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: