मुस्ताङमा एक पुरुष मृत फेला

Share:

मुस्ताङ । मुस्ताङमा आइतबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

घरपझोङ्गाँउपालिका–३ स्याङ निवासी वर्ष ४९ को टिक बहादुर थकाली मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

शनिबार बेलुका अन्दाजी १७ः३० बजे घरदेखि निस्केकोमा नफर्किएपछि खोजतलास गर्दै जाने क्रममा आइतबार बिहान ०८ः३० बजे सोही गाउँको ढोखाङ डाँडा देखि अन्दाजी ५० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त घटनाको बिषयमा थप अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: