मित्रमिलन सहकारीद्वारा पोखरामा पहिलो पटक क्युआर कोड सेवा सञ्चालन

Share:

पोखरा । पोखरामा पहिलो पटक मित्रमिलन सहकारीले क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

पोखरा ९ नयाँबजारमा प्रधानकार्यालय रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ईन्फोडेभलपर्स प्रा.ली. सँगको सहकार्यमा सदस्यहरुलाई क्यु आर कोड सुविधा सुचारु गरेको हो ।

आज एक कार्यक्रमका विच ईन्फो डेभलपर्स प्रा.ली पोखरा शाखाका प्रमुख सुवास आचार्यले संस्थाका अध्यक्ष रमण पौडेललाई क्यु आर् कोड हस्तान्तरण गरी सेवा सञ्चालन सुचारु भएको छ ।

सहकारी क्षेत्रमा विभिन्न नविनतम प्रविधि भित्राएको ईन्फो डेभलपर्स प्रा.लीका शाखा प्रमुख आचार्यले सहकारले सुरु गरेको क्यु आर कोड यस क्षेत्रको लागी नयाँ प्रविधि भएको र सहकारीलाई नगद रहित कारोबार गर्नको लागी कोशेढुङ्गा सावित हुने बताए ।

ई सेवाका पोखरा शाखा प्रमुख विनोद बोहोराले फोन पे क्यु आर मार्फत मित्रमिलन सहकारीका ३५०० सदस्यहरुले यो सुविधा लिन सक्ने बताए ।

सहकारीले सुरु गरेको प्रविधिमैत्री क्युआर कोड सेवाले सहकारीका सेवाग्राहीलाइ नगद झिक्न चेक र एटिएम कार्ड बोक्ने झण्झटबाट मुक्ति दिने सहकारीका उपाध्यक्ष विजय लम्सालले बताए । उपाध्यक्ष लम्सालले क्युआर कोड सेवा छिटो, सजिलो, सरल र सुलभ भएकाले सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरे ।

प्रविधि मैत्री र नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्येश्यले यो सुविधा प्रदान गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले बताए ।

अधिकारीले सहकारीबाट छिटै ई टेलर सुविधा पनि प्रदान गर्ने तथा निकट भविष्यमा नै नयाँनयाँ प्रविधिलाई आत्मसाथ गर्दै सहकारीलाई अघि बढाउने उल्लेख गरे ।

क्यु आर कोड सुविधा प्रदान गरेपछि सहकारी संस्थाका सदस्यहरुले नेपाल भरी रहेका जुनसुकै फोन पे क्युआरमा सहकारीको मोवाईल एप मार्फत भुक्तानी लिन दिन सक्नेछन् ।

यस अघि नै सहकारी संस्थाले निशुल्क रुपमा सदस्यहरुलाई मोवाईल एप मार्फत् विजुली, टेलिफोन, ईन्टरनेट, खानेपानी, ईन्सुरेन्सको विल भुक्तानी गर्ने, मोवाएलमा ब्यालेन्स रिचार्ज गर्ने, रकम राखेको झिकेको जानकारी पाउने सेवा दिंदै आएको थियो ।

यस्तै खाताको स्टेटमेन्ट हेर्ने, ब्यालेन्स हेर्ने, चेक अनुरोध तथा रद्य गर्ने, सहकारीको खाताबाट जुनसुकै बैंकमा रकम ट्रान्सफर गर्ने, ईसेवा, खल्ती वालेटमा लोड गर्न मिल्ने, हवाई टिकट बुक गर्न मिल्ने, संस्थाको बारेमा सुचना जानकारी प्राप्त गर्ने साथै संस्थालाई सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सकिने सुविधा प्रदान गर्दै आईरहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: