
काठमाडौं, माघ २५ । नाइजेरिया र उसका चार छिमेकी देशहरुले बोकोहरामको बढ्दो अत्याचारविरुद्ध एक साथ लड्ने उद्घोष गरेका छन् ।
नाइजेरिया, बेनिन, क्यामरुन, चाड र नाइजरले बोकोहरामविरुद्ध लड्न संयुक्त सेना नै बनाएका छन् ।

करीब नौं हजार सैनिक निर्माण गरेका उनीहरुले शुरुवाती कोषका लागि ४० लाख डलर जरुरी पर्ने जनाएका छन् ।
गत हप्ता भएको अफ्रिकी संघको सम्मेलनले संयुक्त सेना बनाउन अनुमति दिएको थियो । शुरुमा उत्तरी नाइजेरियामा केन्द्रित बोकोहरामको अत्याचार पछिल्ला दिनमा सीमापारमा अरु देशमा पनि सरेको छ ।
कमेन्ट गर्नुहोस्
