
पोखरा । नेपाली बजारमा आज शुक्रबार पनि सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ९०० रुपैयाँले ओरालो लागेको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला रू. ८५ हजार ६०० मा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार छापावाला सुन प्रतितोला रू. ८६ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला रू. ८५ हजार १५० मा कारोबार भइरहेको छ ।
यसैगरी, शुक्रबार चाँदीको मुल्य ३५ ले घटेको छ । चाँदी आज प्रतितोला रू. एक हजार २५० कारोबार भइरहेको छ ।
यसअघि बिहीबार चाँदी प्रतितोला रू. एक हजार २८५ मा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
