
पोखरा । पोखराको डाँडाकोनाकबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।
पृथ्वीराजमार्ग अन्तरगत पोखरा–२७ डाँडाकोनाकमा चेकजाँच गर्ने क्रममा शुक्रबार अन्दाजी ३ बजे नारायणगढबाट बागलुङतर्फ जाँदै गरेको ग१ख ७८८३ नं को बसबाट लागुऔषधसहित पर्वत कुश्मा नगरपालिका–३ बडागाँउ निवासी २२ वर्षीय मनोज कुँवर पक्राउ परेका हुन् ।
उनको साथबाट झोलाभित्र पत्रिकामा टेपले बेरेर राखेको अवस्थामा डाइजापाम ३४ एम्पुल, फेनारगन ३४ एम्पुल र नुर्फिन ३४ एम्पुल, २ थान मोवाईल र नगद रु १२०० बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पक्राउ परेका कुँवरलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
