
पोखरा । कास्की जिल्लाका सम्पूर्ण स्थानमा शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।
लेखनाथ सबस्टेशनमा १३२ केभी लाइन एक्स्टेन्सन गर्न लागिएकाले उक्त समयमा बिजुलीको लाइन अफ हुने प्राधिकरणको पोखरा वितरण केन्द्र, मालेपाटनले जनाएको छ ।
तोकिएको समयअगावै काम सकिए तुरुन्त सेवा सुचारु हुने समेत केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्

