यस्तो छ सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति

535
0
Share:

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमितमा शुक्रबार हस्ताक्षर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा सरकारका तर्फबाट रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको थियो।

सहमति पत्र 

नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टीबीच निम्न लिखित सहमति भएको छ।

१. नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं।

२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ।

३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।

कमेन्ट गर्नुहोस्
Share: