सुन तोलामा पाँच सयले बढ्यो, कतिमा कारोबार हुँदैछ?

Share:

पोखरा । स्थानीय बजारमा आज साताको पहिलो दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलमा रु ५०० ले वृद्धि भएको छ ।

आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मा कारोबार भइरहेको छ । यसअघि छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन आज तोलामा रु ८५ हजार ६५० मा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: