
पोखरा । देशभरमा थप ६६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ जना महिला र ४५ जना पुरुष गरी कुल ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार ७२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरु मध्ये २ लाख ७० हजार ८८६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५८ जना संक्रमणमुक्त भएका हुन् ।
हालसम्म नेपालमा ३ हजार १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा भने कसैको पनि कोरोनाले मृत्यु भएको छैन ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८२५ रहेको छ । क्वारेन्टीनमा ५३ जना छन् ।
गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार १११ परिक्षण भएको छ भने हालसम्म २१ लाख ९२ हजार ८३६ परिक्षण भएको छ ।
