
पोखरा । देशभरको मौसम आज सोमबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।
अहिले बिहान सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू–भागमा पूर्ण बदली रही अन्य पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ। देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
सोमबार दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरुमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका पहाडी भू–भागहरुको थोरै स्थानहरुमा तथा बागमती र प्रदेश १ का एक–दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
