विवादित विषयमा तयार भए २ सय ३२ प्रश्नहरु

Share:

काठमाडौं, २६ माघ / संविधानको विवादित विषयमा प्रश्नाली तयार गर्न गठीत प्रश्नावली निर्माण समितिले २३२ वटा प्रश्नहरु बनाएको छ । सोमबार अन्तिम म्याद रहेको समितिले मुख्य विषयमा १९२ र वैकल्पिक विषयमा ४० वटा प्रश्नहरु तयार गरेको हो ।

सोमबार बसेको बैठकले प्रश्नहरुलाई अन्तिम रुप दिएपछि समितिको काम सकिएको छ । समितिले प्रश्नहरु सभाध्यक्षलाई बुझाउनेछ । प्रश्नहरु आगामी बिहिबार बोलाइएको संविधानसभाको बैठकमा प्रस्तुत गरिनेछ ।

विवादित विषयमा प्रश्नहरु तयार गर्न अग्नी खरेलको संयोजकत्वमा गठीत ९ सदस्यीय उपसमितिले मौलिक हक, प्रस्तावना र संसोधनको विषय, संवैधानिक निकाय, न्याय प्रणाली, शासकीय स्वरुप, व्यवस्थापिका स्वरुप र राज्य पुनःसंरचना शीर्षकमा प्रश्नहरु तयार गरेको हो ।

अघिल्लो संविधानसभामा नउठेका तर दोस्रो संविधानसभामा उठेका विषयमा भने प्रश्नावली निर्माण गरिएको छैन । समितिले हालसम्म विगतको संविधानसभामा रहेका ६ वटा समितिको प्रतिवेदनमा विवादित रहेका प्रश्नहरु बनाएको छ ।

यद्यपी सत्तापक्षले जबरजस्ती रुपमा प्रक्रिया अघि बढाएको भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले समितिको बैठक बहिष्कार गरेका छन् । उनीहरुले संविधानसभाको बैठकमा पनि भाग नलिने निर्णय गरेका छन् । यस्तै राप्रपा नेपालले पनि आफ्ना मुद्दामा प्रश्नावली नबनाएको भन्दै समितिको बैठक बहिष्कार गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: