
पोखरा । पोखराको बेगनास ताल किनारामा आज एक युवा मृत अवस्थामा फेला परेका छन् ।
पोखरा महानगरपालिका– ३१ स्थित बेगनास ताल किनारामा दाङ तुलसीपुर महानगरपालिका– १५ चरुवा घर भई पोखरा ३० खुँदी बस्ने ३९ वर्षीय पूर्ण बहादुर चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान अन्दाजी १०ः१० बजे ताल किनारामा तैरिरहेको अवस्थामा चौधरीको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
