बागलुङमा युवक मृत फेला

Share:

बागलुङ। बागलुङमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

निसिखोला गाँउपालिका–२ लेवाङ निवासी डम्बर कामीका १७ वर्षीय छोरा जोगलाल कामी मृत अवस्थामा फेला परेका हुन् ।

यही फागुन २४ गते दिउँसो बागलुङको साप्लेस्थित आफन्तको घर निम्तोमा गएकोमा साँझ घर नफर्केपछि स्थानीयले खोजतलास गर्दा मंगलबार मध्यान्ह १२ बजे आफ्नै घरदेखि ३ किलोमीटर पर बाटोदेखि २ सय मिटर तल खोल्सामा मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: