
पोखरा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले बढेको हो ।
आज छापावाला सुन तोलामा ८६ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाला सुन तोलाको ८५ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ३५० रहेको छ ।
यसैगरी, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।
आज चाँदी प्रतितोला १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
