
काठमाडौ माघ २७ – इन्धनको मूल्य लगातार घटेपछि सार्वजनिक सवारी साधनको पनि भाडा घटेको छ । यातायात व्यवस्था विभागले मंगलबार पेट्रोलियन पदार्थमा मूल्य घटेपछि सावारी सधानमा पनि भाडा घटाएको हो । यातायात विभागले आज जारी गरेको विज्ञप्तिका अनुसार पहाडी जिल्लामा चल्ने सार्वजनिक यातायताका लागि ४.३७ प्रतिशत भाडा घटाएको छ भने काठमाडौं उपत्यका र तराईका लागि २.३ प्रतिशत भाडा घटाएको छ ।
मिटर जडित सार्वजनिक भाडाको ट्याक्सीको साविकको भाडादर प्रति किलोमिटर ३७ रुपियाँ रहेकोमा हाल समायोजन गर्दा ३६ रुपियाँ कायम गरिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने पर्यटक ट्याक्सीको हकमा काठमाडौ उपत्यकाभित्र पाँच किलोमिटरसम्म साविकको ५०६ रुपियाँलाई घटाई ४९८ रुपियाँ कामय गरेको छ । पाँच किलोमिटरपछि ७२ रुपियाँको दरले प्रतिकिलोमिटरमा लिन पाउने व्यवस्था गरेको छ ।
विभागका अनुसार पेट्रोलिय पदार्थको मूल्य समायोजनको आधार सावारी साधनको भाडा दल कायम गरिएको हो । यसअघि पुस ९ गते पनि सावारी साधानको मूल्य समायोजन गरिएको थियो त्यसबेला डिजेलको मूल्य रुं ९२ रुपियाँ थियो भने पेट्रोलाको मूल्य रु. १२३ रुपियाँ थियो । अहिले आएर डिजेलको ८६ रुपियाँ ५० पैसा कायम गरेको छ भने पेट्रोलको १०९ रुपियाँ कामय भएपछि सोही अनुसार सावारी साधनको भाडादर समायोजन गरिएको छ ।
काठमाडौ उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडादल कम्तिमा १३ र अधिकतममा २५ रुपियाँ कायम गरिएको छ । जब कि पुस नौ गते १४ रुपियाँ कायम गरिएको थियो । अब यसपछि भाडा समायोजन गर्दा इन्धनको मुल्य ५ रुपियाँ घटबढ भए मात्र गरिने जनाउँदै वार्षिक रुपमा हुने भाडा समायोजन प्रत्येक वर्षको आर्थिक वर्षको शुरु भएको पहिलो महिनाको मसान्तभित्र गरिने विभागले जनाएको छ ।
तस्विरः कान्तिपुर
