मकवानपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, १० घाइते

456
0
Share:

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा रात्रिबस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । बस र ट्रकका सवार अन्य १० जना घाइते भएका छन् ।

शनिबार बिहान ३ बजे वीरगन्जबाट चितवनका लागि छुटेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक एकआपसमा ठोक्किएको हो ।

उक्त दुर्घटनामा परेर बसका चालक वीरगञ्ज महानगरपालिका–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका ४० वर्षीय अभयलाल कुश्वाह र भारत बिहारका ४० वर्षीय सुनिलकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार बस चालक थापा र सुनिल कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: