
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला आएको बताएका छन् ।
नेपाल महिला संघले पार्टी मुख्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गरेर प्रजातन्त्रलाई सिध्याउन खोजेको भन्दै अब काँग्रेसले त्यसविरुद्ध लड्नुपर्ने बेला आएको बताए।
लोकतन्त्रका लागि लड्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गर्दै उनले परिस्थितिबाट नभाग्ने बताए।
सभापति देउवाले ओली सरकारकोसमेत चर्को आलोचना गरेका थिए। उनले सबैलाई बहकाएर ओली सरकारसँधै सत्तामा टिकिरहन लागिपरेकोसमेत आरोप लगाए।
कमेन्ट गर्नुहोस्
