
पोखरा । देशभर गत २४ घण्टामा थप ६० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७५ हजार १७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९६ हजार ५८२ जना महिला र १ लाख ७८ हजार ५९६ पुरुषमा कोरोना संक्रमण भएको हो ।
हालसम्म नेपालमा २ लाख ७१ हजार २४९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७२ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९१५ रहेको छ । क्वारेन्टीनमा ४९ जना छन् ।
गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ३६२ परिक्षण भएको छ भने हालसम्म २२ लाख १२ हजार ७९६ परिक्षण भएको छ।
