
नवलपुर । तनहुँका एक पुरुष आज आइतबार नवलपुरमा मृत अवस्थामा फेला परेका छन् ।
तनहुँको रिसिङ गाँउपालिका–५ निवासी ६५ वर्षीय मणिलाल कुमाल आइतबार बिहान १०ः३० बजे नवलपुरको बुलिङटार गाँउपालिका–६ निरन्दी खोला र काली गण्डकीको दोभानमा मृत अवस्थामा फेला परेका हुन् ।
घिरिङ गाँउपालिका–४ गड्यौलीस्थित फागुन २५ गते छोरोको घरमा जादैगर्दा बाटोमा बेपत्ता भएका कुमालको खोजी गर्ने क्रममा आज मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
