पोखराको अमरसिंह चोकबाट लागूऔषध सहित युवा पक्राउ

Share:

पोखरा । पोखरा महानगरपालिका–१० अमरसिंह चोकबाट अवैध लागूऔषध सहित एक युवा पक्राउ परेका छन् ।

शनिबार बिहान ५ बजे अमरसिंह चोकबाट पैदल यात्री भारत उत्तर प्रदेश घर बताउने वर्ष २८ को जयराम थर (नखुलेको) लाई वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको मोबाइल टोलीले पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा जयरामले बोकेको कालो रङको झोलाबाट नुर्फिन–५५ एम्पुल, डाइजापाम–५६ एम्पुल र फेनारगन–५४ एम्पुल गरी जम्मा १६५ एम्पुल लागूऔषध र नगद २८ हजार ३६५ रुपैयाँ फेला परी उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका जयरामविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: