
पोखरा । देशभर गत २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७५ हजार ९०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९६ हजार ८६२ जना महिला र १ लाख ७९ हजार ४४ पुरुषमा कोरोना संक्रमण भएको हो ।
हालसम्म नेपालमा २ लाख ७१ हजार ९२१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १०६ जना संक्रमणमुक्त भएका हुन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ३ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा भने कसैको पनि कोरोनाले ज्यान गएको छैन।
हाल नेपालमा ९६९ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ४८ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार १८१ परिक्षण भएको छ भने हालसम्म २२ लाख ३६ हजार ५२६ परिक्षण भएको छ।
