
पोखरा । देशभर गत २४ घण्टामा थप १८८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७६ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९७ हजार १० जना महिला र १ लाख ७९ हजार २३४ पुरुषमा कोरोना संक्रमण भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ७७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ३ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् । गत २४ घण्टामा भने कसैको पनि कोरोनाले ज्यान गएको छैन ।
हाल नेपालमा १ हजार १२८ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ४८ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार ३२ परिक्षण भएको छ भने हालसम्म २२ लाख ४५ हजार ३० परिक्षण भएको छ।
