
पोखरा । सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा बुधबारको मौसम आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकोले मौसम प्रभावित भएको हो ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।
बुधबार दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा पनि आंशिक बदली रहेन मोसमविद्ले बताएका छन् ।
गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चचिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
