विश्वभर १२ करोड ४७ लाख बढीमा कोरोना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १२ करोड ४७ लाख ९० हजार ५५ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि थप ४ लाख ८६ हजार २४० संक्रमित थपिएका हुन् ।

तीमध्ये १० करोड ८ लाख २१ हजार ५ संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ३७ हजार ९७१ जना निको भएका हुन् ।

यस्तै, गत २४ घण्टामा १० हजार २१४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ लाख ४५ हजार ३९१ पुगेको छ ।

विश्वभर २ करोड १२ लाख २३ हजार ६५९ सक्रिय संक्रमित छन् । ती मध्ये ९१ हजार ३२४ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ६ लाख ३६ हजार ५३४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ३० लाख ३९ हजार ५८५ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ५६ हजार ८८३ पुगेको छ ।

हाल अमेरिकामा ७० लाख ४० हजार ६६ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ६४३ गम्भिर बिरामी रहेका छन् ।

अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड २१ लाख ३६ हजार ६१५ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ६ लाख १ हजार ६५८ जना निको भएका छन् भने २ लाख ९८ हजार ८४३ जनाको मृत्यु भएको छ ।

हाल ब्राजिलमा १२ लाख ३६ हजार ११४ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।

त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड १७ लाख ३३ हजार ५९४ पुगेको छ ।

संक्रमितमध्ये भारतमा १ करोड १२ लाख ३ हजार १६ जना निको भएका छन् भने १ लाख ६० हजार ४७७ जनाको मृत्यु भएको छ ।

हाल भारतमा ३ लाख ७० हजार १०१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: