एकसाथ भिसिटिएस लागु गर्न सक्ने अवस्था छैन

Share:

लेखनाथ । पोखरा र लेखनाथ नगर क्षेत्र भित्रका उद्योग ब्यवसायीहरुले सरकारले अगाडी सारेको भिसिटिएस एक साथ लागु गर्न अहिलेको अवस्थामा नसकिने बताएका छन् ।

लेखनाथ उद्योग बाणिज्य संघले राखेको भिसिटिएस तथा विल बिजक सम्वन्धी छलफल कार्यक्रममा सहभागी ब्यवसायीहरुले सरकारले अगाडी सारेको भिसिटिस प्रणाली राम्रो र प्रभावकारी भएपनि यसलाई तुरुन्तै ब्यवाहारमा उतार्न असहज हुने बताएका हुन् ।

भेलालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले अहिलेको अवस्थामा आन्तरीक ढुवानीहरुमा एकसाथ भिसिटिएस लागु गर्न सक्ने अवस्था नरहेको वताउँदै यस विषयमा सरकारलाई सुझाव समेत दिईसकेको बताएका थिए ।

कोरोना महामारीका कारण व्यवसायीहरु समस्यामा रहेको वताउँदै त्यसैमाथी अस्वस्थ प्रतिष्पर्धा एवं सरकारी निति नियमले झनै अप्ठ्यारो परेको बताएका थिए ।

यस्तै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोईरालाले भिसिटिएस लागु गर्न विभिन्न समस्याहरु रहेको बताउँदै अव व्यवसायीहरुले उचित विकल्प दिएर अगाडी वढ्नु पर्ने बताएका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले व्यवसायीहरुलाई बिना विल विजक सामानहरु खरीद विक्रि नर्गन आग्रह गर्दै नैतीकता र ईमान्दारीता पुरा गर्नुपर्ने बताएका थिए । ढकालले विधि र प्रक्रिया बमोजिम व्यवसाय गरेको खण्डमा मात्र व्यवसायीक हित हुने बताएका थिए ।

संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले दोहोर आर्थिक पाटोमा निजि व्यवसायीहरुको भुमिका महत्वपुर्ण हुने बताएका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघ राजस्व परामर्श उप–समितिका संयोजक रमानाथ पौडेलले भिसिटिएस सिस्टमको विषयमा जानकारी दिंदै चुस्त दुरुस्त लेखा प्रणाली राख्न व्यवसायीहरुलाई सुझाव दिएका थिए ।

संघका पुर्व वरिष्ठ उपाध्यक्ष गोविन्द कर्माचार्यले सरकारलाई व्यवसायीहरुले सहयोग गरिरहेको बताउँदै बिना बिलको सामान खरिद विक्रीमा सरकारले नै निगरानी राख्नुपर्ने बताएका थिए ।

डिलर तथा थोक विक्रेताको तर्फबाट बोल्दै निर्मल पौडेलले व्यवसायीहरुले भोग्नुपरेका समस्याहरु र गुनासोहरुको विषयमा बोलेका थिए ।

संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

अधिकृत विक्रेता संघ लेखनाथ गठन

अधिकृत विक्रेता संघ लेखनाथ ईकाईको अध्यक्षमा राधाकृष्ण अधिकारी चयन भएका छन् । बुधबार लेखनाथमा सम्पन्न अधिकृत विक्रेताहरुको भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

ईकाईको उपाध्यक्षमा सुर्यराज घिमिरे, सचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा शोभामोहन सुवेदी, सदस्यहरुमा भीम प्रसाद पौडेल, माधव तिवारी, पदम रानाभाट, देवेन्द्र राना र सन्तोष बराल चयन भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: