
पोखरा । पोखरा महानगरपालिका वडानं ३० र ३२ जोडने सात मुहाने खुदी खोलामा मोटरेवल पुल निर्माण हुने भएको छ ।
कास्की क्षेत्र नं १ (१)का प्रदेश सांसद दीपक कोइरालाले शनिबार स्थलगत अवलोकनसँगै दुवै वडाका जनप्रतिनिधि र स्थानीयहरु सँगको छलफलपछि कोइरालाले उक्त कुरा बताएका हुन् । अर्थ तथा विकास समितिका सभापति समेत रहेका सांसद कोइरालाले महानगर, प्रदेश सरकार विच आफुले छलफल गरेर खुदी खोलामा पुल निर्माण जसरी पनि गर्ने प्रतिवद्धता जनाए।
दुवै वडाका स्थानीयले राखेका भनाईहरु आ–आफ्नो ठाउँबाट ठिक देखिएपनि खुदी खोलामा दुईवटा पुल निर्माण नगरे सम्म समस्या समाधान नहुने उनको भनाई थियो । वडा नं ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीले प्रदेश सांसद, वडाका जनप्रतिनिधि र स्थानीय विच भएको छलफलले समस्याको समाधान दिने बताए। वडा नं ३० का जनप्रतिनिधि सोमलाल कंडेल, चोला बराल, ३२ का विष्णु तिवारी ३२ का उपभोक्ता अर्जुन मल्ल, जेवी घले, ३० का उपभोक्ता कृष्ण पौडेल लगायतले पुल निर्माण नहुदा स्थानीयलाई र रुपा बाट शव ल्याउन समेत समस्या परेको बताएका थिए ।
विकासको लागि आफुहरु बाधक नभए तर जहाँ बढी समस्या हो त्यहीबाट विकास शुरु हुनुपर्ने अर्जुन मल्ल र जेवी घलेको भनाई थियो भने कृष्ण पौडेलले डिपिआर पनि भइसकेकोले वडानं ३० मा पर्ने कजवेमै पुल निर्माण हुनुपर्नेमा जोड दिएका थिए ।
यस बर्षको बर्षाको कारण पहिरोले मोटरबाटो बगाएसँगै र बाढीले खुदी खोलाको कजवे बगाएपछि अहिले सात मुहाने र माथिल्लो गगनगौंडा आवतजावतको लागि खुदी खोला छेउमा ब्यक्तिको पल्टिङ गरेको जग्गा प्रयोग गरेर घुमाउरो बाटो हिड्न बाध्य भएका छन् ।
खुदीखोला बस्तीका बासिन्दा आवजावतमा समेत निकै कष्ठ वेहोर्न बाध्य भएका छन् । पोखरा महानगरले वडानं ३० मा रहेको कजवेमा मोटरेवलपुल निर्माण गर्ने बताएपछि वडा नं ३२का स्थानीय आक्रोसित भएका छन् । प्राथामिकताको आधारमा विकास निर्माण हुनुपर्नेमा वडा छुट्टाएर विकास गर्न लागेको भन्दै स्थानीयले आक्रोश पोखेका हुन् । वडा नं ३०का जनप्रतिनिधिले भने अहिले योजना नभएर २०७५–०७६ कै रातो किताबमा परेको बजेट कोरोनाको कारण यस बर्ष काम शुरुहुन थालेको जनाएका छन् ।
आजको छलफलमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
