कांग्रेसद्वारा शोक प्रस्ताव पारित, तीन दिन झन्डा आधा झुकाइने

Share:

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता नवीन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले यही चैत १५ देखि १७ गतेसम्म तीन दिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झन्डा आधा झुकाउने निर्णण गरेको छ । उक्त दिनहरुमा श्रदाञ्जली सभाबाहेक पार्टीका अरु औपचारिक कार्यक्रम नगर्ने निर्णयसमेत गरिएको छ ।

चैत १७ गते केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने, निधनको १३औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा १३औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभा गर्ने निर्णय पनि गरिएको जनाइएको छ ।

पूर्वमन्त्रीसमेत रहेका जोशीको शुक्रबार राति नर्भिक अस्पतालमा निधन भएको हो।

कमेन्ट गर्नुहोस्
Share: