बागलुङमा एक युवा सुतेकै अवस्थामा मृत फेला

Share:

बागलुङ । बागलुङमा सोमबार एक युवा सुतेकै अवस्थामा मृत फेला परेका छन् ।

बागलुङ नगरपालिका–३ देउरालीचोक निवासी बिक्रम श्रेष्ठको छोरा २५ वर्षीय बिनोद श्रेष्ठ आफ्नै घरको सुत्ने कोठामा मृत फेला परेका हुन् ।

आइतबार राति खाना खाई सुतेकोमा बिहान अबेरसम्म नउठेकोले अन्दाजि ०८ः५० बजे आमा गएर हेर्दा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: