
तनहुँ। नेपाल विद्यार्थी संघ तनहुँका सभापति एवम् नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि चुडामणि खनालले आफ्नो जन्मदिनको अवसरमा मृगौला पीडितलाई सहयोग गरेका छन् ।
खनालले भिमाद नगरपालिका वडा नं २ रघु निवासी मृगौला पीडित जयराम थापालाई २० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
एक कार्यक्रमकाबीच सहयोग सङ्कलन समितिका संयोजक बिरामीका नातेदार मोहनसिंह थापालाई रकम हस्तान्तरण गर्दै खनालले समाजमा निशुल्क स्वास्थ, शिक्षा जस्ता आधारभूत कुराको सुनिश्चिततालाई प्राथमिकतामा राख्दै आँफू राजनीतिमा लागेको स्पष्ट पारे ।
खनालले यस अघि पनि कोरोना महामारीका समयमा पीडितलाई राहत तथा सहयोग गर्नुका साथै समाजका विपन्न तथा असहायलाई जन्मोत्सव लगायतका विभिन्न सन्दर्भमा सहयोग गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
