
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १३ करोड १३ लाख ४४ हजार ६९४ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि थप ५ लाख ३९ हजार ९०२ संक्रमित थपिएका छन् ।
यस्तै, गत २४ घण्टामा ८ हजार ३७९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ लाख ५८ हजार ६९५ पुगेको छ ।
हालसम्म विश्वभर १० करोड ५७ लाख २० हजार ९१९ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ११ हजार ४१५ जना निको भएका हुन् ।
विश्वभर २ करोड २७ लाख ६५ हजार ८० सक्रिय संक्रमित छन् । ती मध्ये ९७ हजार ३८७ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड १३ लाख ८३ हजार १२६ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ३८ लाख ९४ हजार ६३२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ६८ हजार ५१३ पुगेको छ ।
हाल अमेरिकामा ६९ लाख १९ हजार ९८१ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ६६१ गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड २९ लाख ५३ हजार ५९७ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड १३ लाख ५ हजार ७४६ जना निको भएका छन् भने ३ लाख ३० हजार २९७ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा १३ लाख १७ हजार ५५४ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड २४ लाख ८४ हजार १२७ पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड १६ लाख २७ हजार १२२ जना निको भएका छन् भने १ लाख ६४ हजार ६५५ जनाको मृत्यु भएको छ ।
हाल भारतमा ६ लाख ९२ हजार ३५० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
