आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली रही बाँकी क्षेत्रमा बिहीबारको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीको पनि प्रभाव रहेकोले मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ साथै देशका केही स्थानहरूमा तुंवालो लागेको अवस्था छ ।

बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली रहने छ।

प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।

यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली रहने छ ।

हाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका केही स्थानहरूमा तुंवालो रही रहने सम्भावना रहेको छ ।

यसैबिच देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र बाकी प्रदेशका पहाडी भू–भागका एक वा दुइ स्थानमा सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडि भू–भागका केही स्थानहरुमा तुवांलो लागेकोले सो बाट समेत बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: