लेउवा संघले दियो अधिकारीलाई मृत्युको राहत रकम

Share:

लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघले आफना सदस्यहरुको हक हितमा सहयोग पुग्ने गरि स्थापना गरेको ब्यवसायिक राहत कोषबाट पोखरा– २६ बुढिवजार निवासी स्व. कमल अधिकारीको परिवारलाई सहयोग गरेको छ ।

संघले ब्यवसायी सदस्यको हितका लागी समय समयमा पर्ने अकल्पनीय दु ःखद घटनालाई ध्यानमा राख्दै ब्यवसायी सदस्य कै मृृत्यु भएकामा रु पचाँस हजार र ब्यवसायी सदस्यका नजिका आफन्तको मृत्यु भएमा राहत स्वरुप पाँच हजार प्रदान गर्दै आएको छ ।

यसैक्रममा पोखरा –२६ वुढिबजारमा कमल सप्लायर्स संचालन गर्दै आएका ४३ वर्षिय कमल अधिकारीको गत चैत १९गते मृगौलामा समास्य देखापरि उपचारकै क्रममा काठमाडौमा असामायीक निधन भएपछि पिडित परिवारलाई राहत स्वरुप रु पचाँस हजार प्रदान गरिएको हो ।

स्वर्गीय परिवारको पिडामा समवेदना प्रकट गर्न पुगेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल सहितको टोलीले बुधबार स्वर्गीय अधिकारीको घरमा नै पुगी छोरो बिशाल अधिकारीलाई सहयोग स्वरुपको चेक संघका पुर्व अध्यक्ष चतुराखर अधिकारीले प्रदान गरेका हुन् ।

यस अघि संघले आफनै सदस्यहरुको दुःखद घटनामा परि ज्यान गुमाएका पाँच जनाको परिवारलाई सहयोग गरिसकेको छ । स्वर्गीय अधिकारीका बुवा, आमा, तिन दाजुभाई श्रीमती लक्ष्मी अधिकारी र दुई छोरा विकास र बिसाल रहेका छन् ।

यसैक्रममा बुढिबजार ब्यवसायी समितिका कार्यसमिति सदस्य स्वर्गीय अधिकारीको निधन प्रति गहिरो दु ःख ब्यक्त गर्दै समवेदना पत्र प्रदान गरेको छ ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल, बुढिबजार ब्यवस्थान समितिका अध्यक्ष दिपक अधिकारी र सचिव आनन्द बजगाईले संक्तत रुपमा पिडित परिवारलाई समवेदना पत्र प्रदान गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: