
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २९ लाख नाघेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा १२ हजार ९६९ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या २९ लाख ३२३ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पनि ६ लाख ५१ हजार ८७८ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको कुल संख्या १३ करोड ३६ लाख ७५ हजार ४६९ पुगेको छ ।
तिमध्ये १० करोड ७७ लाख ९८ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ५ लाख ३० हजार ११८ जना निको भएका हुन् ।
विश्वभर २ करोड २९ लाख ७७ हजार सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ७४८ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड १६ लाख ३७ हजार २४३ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ४२ लाख ६ हजार ५३९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ७२ हजार ८४९ पुगेको छ ।
हाल अमेरिकामा ६८ लाख ५७ हजार ८५५ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ५८ गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड ३१ लाख ९७ हजार ३१ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड १६ लाख ६४ हजार १५८ जना निको भएका छन् भने ३ लाख ४१ हजार ९७ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा ११ लाख ९१ हजार ७७६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड १८ लाख ४८ हजार ९०५ जना निको भएका छन् भने १ लाख ६६ हजार ८९२ जनाको मृत्यु भएको छ ।
हाल भारतमा ९ लाख १० हजार २६४ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
