बालविकास केन्द्र भवन शिलान्यास

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित बाराहीटोलमा ११ लाख रुपैयाको लागतमा नमुना बालविकास केन्द्र भवन निर्माण गरिने भएको छ ।

कक्षा, भान्छा, शौचालय सहित चार कोठाको सो ट्रष्ट भवन निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु. १० लाख र एक लाख बराबरको स्थानीय जनश्रम परिचालन गरि निर्माण गरिने भएको हो ।

गण्डकी प्रदेश सभा सदस्य एवम् नेकपा (एमाले) कास्कीका अध्यक्ष कृष्ण बहादुर थापाले नवनिर्मित भवनको आज शिलान्यास गर्दै बालबिकास केन्द्रले विपन्न तथा असहाय बालबालिकाको शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

शिक्षाको पहिलो खुड्कीलाको रुपमा रहेका बालविकास केन्द्रको भौतिक निर्माण र विकासका लागि तीनै तहका सरकार जिम्मेवार भएर अघि बढेको बताउँदै उनले यस्ता केन्द्रहरु सामुदायिक विद्यालयका विद्यार्थीको श्रोत भएको बताए ।

पोखरा १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले समाजका गरिव विपन्न परिवारको शिक्षा, स्वास्थ्य, खानेपानी र सडक लगायतका पूर्वाधार विकास वडाको पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे ।

बाराही टोल विकास संस्थाका अध्यक्ष जीवन विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य राधिका शाही योगी, नेकपा (एमाले) का वडाअध्यक्ष सुभाष ढुङ्गाना, कोनेसाका उपाध्यक्ष सिता परियार, भिब बहादुर रोकाहा लगायतले बालविकास केन्द्रको महत्व माथि प्रकाश पारेको थिए ।

दिवा खाजा सहित शैक्षिक तथा मनोरञ्जनका सामग्रीको व्यवस्था गरिएको सो केन्द्रमा हाल २६ जना विद्यार्थी अध्ययनरत छन भने सो केन्द्रबाट अहिलेसम्म ३६ जना विद्यार्थी थप शिक्षाका लागि छोरेपाटन माध्यामिक विद्यालयमा भर्ना भई विभिन्न तहका कक्षामा पठन पाठन गर्दै आएको स्थानीय विरेन्द्र राईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: