
पोखरा । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।
तनहुँको म्याग्दे ४ ठाँटीटारमा आइतबार मोटरसाइकलबाट खसेर घाइते भएकी म्याग्दे –६ छबिसे की ५५ वर्षीया सानुमायाँ सार्कीको फेवा सिटी हस्पिटल पोखरामा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
आइतबार साँझ ५ः४० बजे पृथ्वी राजमार्गमा तनहुँ थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ नं.को मोटरसाईकलको पछाडी सवार सानुमायाँ मोटरसाइकलबाट खसेर घाइते भएकी थिइन् ।
उक्त मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
