भारतमा एकैदिन १ लाख ८५ हजार बढीमा कोरोना पुष्टि

Share:

पोखरा । छिमेकी देश भारतमा एकैदिन १ लाख ८५ हजार २४८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ३८ लाख ७१ हजार ३२१ पुगेको छ ।

संक्रमितमध्ये भारतमा १ करोड २३ लाख ३२ हजार ६८८ जना निको भएका छन् । गत २४ घण्टामा पनि ८२ हजार २४८ जना निको भएका छन् ।

यस्तै, गत २४ घण्टामा थप १ हजार २६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ७२ हजार ११५ पुगेको छ ।

हाल भारतमा १३ लाख ६६ हजार ५१८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: