२१ जनाको टाउको काटेर हत्यापछि आइएसविरुद्ध इजिप्ट आक्रामक

370
0
Share:

काठमाडौं, फाल्गुन ४ । इस्लामिक स्टेट (आइएस)का लडाकूले आफ्ना देशका नागरिकलाई टाउको काटेर हत्या गरेपछि क्रूद्ध बनेको इजिप्टले आइएसविरुद्ध बमबारी थालेको छ । लिबियाबाट अपहरित २१ जना इसाईको टाउको काटेर हत्या गरेको भिडियो सार्वजनिक गरिएपछि इजिप्टले लडाकूहरु रहेको लिबियाको देर्ना इलाकामा आक्रमण गरेको हो ।

लडाकुको शिविर, तालिम र हतियार भन्डार गरिएका स्थानमा आफूहरुसमेतको समन्वयमा आक्रमण गरेको लिबियाले जनाएको छ ।

राष्ट्रको नाममा सम्बोधन गर्दै इजिप्सेली राष्ट्रपति अब्देल फताह अल सीसीले ‘अमानवीय आपराधिक घटनालाई टुलुटुलु हेरेर नबस्ने र यसको उपयुक्त जवाफ दिने’ बताएका छन् । काप्टिक इसाई रहेका उनीहरुलाई पूर्वी लिबियाको तटीय सहर सिर्तेबाट गत डिसेम्बर र जनवरीमा कब्जामा लिइएको थियो । सिर्ते इस्लामिक स्टेटको कब्जामा रहेको क्षेत्र हो ।

काप्टिक गिर्जाघरले मुस्लिम महिलालाई यातना दिएर हत्या गर्ने गरेकाले त्यसको बदला लिन हत्या गरेको दाबी आइएसले गरेको छ । इजिप्ट सरकारले भने नागरिकलाई लिबिया नजान सचेत तुल्याएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: