गण्डकी प्रदेशमै पहिलोपटक पोखरामा २५६ स्लाइसको सिटी स्क्यान सुविधा सुरु

Share:

पोखरा । गण्डकी प्रदेशमै पहिलोपटक पोखरामा २५६ स्लाइसको सिटी स्क्यान सुविधा सुरु भएको छ ।

आज शनिबार बिहान पोखरा एम.आर.आई एण्ड डायग्नोस्टिक सेन्टरका म्यानेजिङ डाइरेक्टर तथा एमडी सुमिरन श्रेष्ठले सेन्टरको सुरुआत गर्दै गण्डकी प्रदेशमा पहिलोपटक २५६ स्लाइसको सिटी स्क्यान सुविधा सुरु भएको जानकारी दिएका हुन् ।

डायग्नोस्टिकको उद्घाटन प्रमुख अतिथी पोखराका वरिष्ठ फिजिसियन डा.कुमार शमशेर गरेका थिए ।

प्रदेशका बिरामीलाई सहज, सुलभ, गुणस्तरीय र सस्तो हिसाबले रोग पत्ता लगाउन डायग्नोस्टिक सेन्टरको सुरुआत गरेको सेन्टरका डाइरेक्टर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार यो सिटी स्क्यान प्रदेशकै ठूलो सिटी स्क्यान हो ।

उक्त सिटी स्क्यानबाट विशेषगरी मुटु मस्तिष्क, फोक्सो, पेट, हातखुट्टाको रगताका नशालगायत शरिरका विभिन्न अंगको क्यान्सर र बच्चाको लागि कम विकीरण (रेडियसन) दिएर सिटी स्क्यान गर्न सकिन्छ । यो सुविधा चौविसै घण्टा उपलब्ध रहेको सेन्टरले जनाएको छ ।

यसैगरी, अबदेखि मुटुको रगत र नशाको जाँच कोरोनरी एनजियोग्राफी गर्नका लागि काठमाडौँ जानुनपर्ने भएको पनि श्रेष्ठले जानकारी दिए । उनका अनुसार सो सुविधा पोखरामै उपलब्ध रहेको छ । उनले भने ‘पोखराका वरिष्ठ डाक्टरबाट सञ्चालित यस सेन्टरमा १.५ टेस्लाको एमआरआइ मेमोग्राफी, युएसजी गाइडेड वायोप्सीको सुविधा उपलब्ध छ ।’

कमेन्ट गर्नुहोस्
Share: