भारतमा थप २ लाख ५६ हजार बढीमा कोरोना पुष्टि

Share:

पोखरा । छिमेकी देश भारतमा गत २४ घण्टामा थप २ लाख ५६ हजार ९४७ कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् ।

हाल भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ५३ लाख १४ हजार ७१४ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप १ हजार ७५७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ८० हजार ५५० पुगेको छ ।

हालसम्म भारतमा १ करोड ३१ लाख ३ हजार २२० जना निको भएका छन् । गत २४ घण्टामा पनि १ लाख ५४ हजार ३७२ जना निको भएका छन् ।

हाल भारतमा २० लाख ३० हजार ९४४ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: