घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो?

Share:

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले गिरावट आएको छ ।

आज प्रतितोला छापावाला सुन ९१ हजार ३ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला छापावााला सुनको मूल्य ९१ हजार ७ सय रहेको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य ९० हजार ८ सय रहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ ।

शुक्रबार चाँदीको मूल्य १३ सय २० रहेकोमा आज मूल्य घटेर प्रतितोला चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: