
हेमजा । मुकुन्द शरण वाङमय परिषद नेपाल पोखरा २५ कास्कीको तेस्रो अधिबेशन आइतबार हेमजामा सम्पन्न भएको छ । अधिबेशनले कृष्णप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
परिषद नेपालको उपाध्यक्षमा लोकमणी पौडेल, महासचिबमा बलराम पौडेल, सचिब देबु गौतम, कोषाध्यक्षमा भुवनेश्वर शर्मा र सहसचिबमा कालिचरण पराजुली चयन भएका छन् । त्यस्तै अन्य सदस्यमा कृष्णशरण उपाध्याय, गायत्री घिमिरे, पुष्पा के.सी, प्रेमराज पाहारी र मोहनराज पौडेल रहेका छन् ।
महाकाब्यकार जनारदन त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेमजा सहित्य प्रतिष्ठानका अध्यक्ष छन्दमणी त्रिपाठीले आफनो भनाइ राखेका थिए । कार्यक्रममा कोषाध्यक्ष सिब त्रिपाठीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
परिषद नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देबुकृष्ण काफलेले स्वगत र सञ्चालन महासचिब डा बलराम अधिकारीले गरेका थिए ।
