पोखरासहित गण्डकीका विभिन्न ठाँउबाट ठुलो रकम सहित ३३ जना जुवाडेहरु पक्राउ

Share:

पोखरा । पोखरासहित गण्डकी प्रदेशका विभिन्न ठाँउबाट ३३ जना जुवा खेल्ने र खेलाउनेहरु ठूलो रकमसहित पक्राउ गरेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार वडा प्रहरी कार्यालय रामबजार पोखराको प्रहरी टोलीले १८ जनालाई ठूलो रकमसहित शनिबार पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका– १२ चापापानीमा रहेको थकाली समाजघरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा मार्फा थकाली समाज घरबाट नगद ६ लाख २४ हजार ९८६ रुपैयाँसहित ८ बुक तास, ६४ थान कौडा र ४ लाख ५० हजार रुपैयाँको २ थान चेक पनि बरामद गरेको जनाएको छ । यस्तै, पाउण्ड स्ट्रलिङ २० डलर, अमेरिकन ७ डलर र भारतीय रुपैयाँ ४ हजार ७०० रुपैयाँ पनि बरामद भएको छ ।

यसैगरी, शनिबार ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको प्रहरी टोलीले पनि बिशेष सूचनाका आधारमा आँबुखैरेनी गाँउपालिका–३ आँबुखैरेनी बस्ने मन बहादुर श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ४४० रुपैयाँ र १३ बुक तास बरामद गरेको छ ।

त्यस्तै, नवलपरासी पूर्वको प्रहरी टोलीले शुक्रबार कावासोती नगरपालिका– १६ डण्डास्थित एकघरमा जुवातास खेलीरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद २६ हजार ६२५ रुपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ परेका सबैजना उपर जुवा सम्बन्धि कसुर अन्तर्गत मुद्दा दर्ता गराई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: