विश्वभर १४ करोड ७७ लाख बढीमा कोरोना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १४ करोड ७७ लाख ८० हजार ७३१ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि थप ७ लाख २७ हजार ३४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गत २४ घण्टामा थप ९ हजार ९२४ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३१ लाख २२ हजार ४२८ पुगेको छ ।

हाल विश्वभर १२ करोड ५७ लाख ३० हजार ४३० जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ६ लाख ८२ हजार २३९ जना निको भएका हुन् ।

विश्वभर १ करोड ८९ लाख २७ हजार ८७३ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १० हजार ४९१ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड २८ लाख २४ हजार ३८९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ५३ लाख ७९ हजार ८३१ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ८६ हजार १५२ पुगेको छ ।

हाल अमेरिकामा ६८ लाख ५८ हजार ४०६ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ९१२ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: