गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखको पद मुक्त, पौडेल र यादवलाई नियुक्तको सिफारिस

Share:

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमूख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्त पद मुक्त भएका छन् ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई सरकारको सिफारिसमा पदमुक्त गरेकी हुन् ।

यसैबीच, गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ ।

नवनियुक्त प्रदेश प्रमुखको राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम तय भइसकेको जनाइएको छ ।

नियुक्तिका लागि सिफारिस गरिएका यादव पूर्वउपसभामुख हुन् भने पौडेल चितवन निवासी हुन् ।

कमेन्ट गर्नुहोस्
Share: