बाग्लुङमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु

Share:

बाग्लुङ । बाग्लुङमा कोरोना संक्रमणबाट एक जना जनप्रतिनिधिको मृत्यु भएको छ ।

बागलुङको ताराखोला गाउँपालिका कार्यपालिका सदस्य ३० वर्षीया तेजुमाया परियार भण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

उनको धौलागिरि अस्पतालमा आइसियुमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।

भण्डारी ताराखोला गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित महिला सदस्य हुन् ।

उनलाई बैशाख १८ गते शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: